ताजा समाचार

भाका हेरेर गित गाउने र विषयवस्तु बढाइचढाइ गरेर तरंग ल्याउने प्रचण्डको जानेमानेको शैली होः डा. बाबुराम भट्टराई

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नकेपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पूर्वसहकर्मी डा. बाबुराम भट्टराईले विषयवस्तुमाथि बढाइचढाइ गर्ने नेताको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा डा. भट्टराईले प्रडण्डले परिस्थिति हेरेर त्यहीँको भाकामा गाउने र बढाइचढाइ गरेर विषयवस्तुमाथि तरंग सिर्नजा गर्ने प्रचण्डको जानेमानेको शैली भएको दाबी गरेका छन् ।

२५ औं जनयुद्ध दिवसको अवसरमा प्रचण्डले पार्टी कार्यालय धुम्बाराहीमा संबोधन गर्दै नेपाली कांग्रेसका तत्कालीन सभापति स्व. गिरिजाप्रसाद कोइरालाले फाैजी आक्रमण थप विस्ताषर गर्न र सदरमुकाम हान्न आग्र गरेको जनाएका थिए । सोहि विषयलाई लिएर अहिले कांग्रेसले आपत्तिि समेत जनाइसकेको छ ।

डा. भट्टराईले लेखेका छन्, ‘ठाउँ हेरेर त्यहींको भाकामा गाउने र बढाइचढाइ ढंगले विषय प्रस्तुत गरेर तरंग ल्याउने प्रचण्डको जानेमानेको शैली हो!जहाँसम्म गिरिजाबाबुको प्रसंग छ-त्यो सधैं हैन तर२०६२ मंसीरमा१२बुँदे सहमति भएपछि ज्ञानेन्द्रले माघमा नगरपालिकाको चुनाव घोषणा गरेको वेला त्यसलाई विथोल्न आग्रह गर्नुभाको हो!’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org