ताजा समाचार

प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही बुधबार मिर्गौला प्रत्यारोपण गर्दैछन् ।

आइतबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्‍त्री ओलीले उक्त जानकारी दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपणको तयारी गरेका हुन् । उनको यो मिर्गौला प्रत्यारोपण दोस्रोपटक हो ।

यसअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छोड्न लागेपछि पुनः प्रत्यारोपण गर्नुपरेको हो । मिर्गौला प्रत्यारोपण पछि प्रधानमन्त्री ओली झण्डै एक साता अस्पताल बस्नुपर्ने हुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org