ताजा समाचार

खुमलटारमा प्रचण्ड–नेपाल पक्षका स्थायी कमिटी सदस्य छलफलमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्यहरु अहिले छलफलमा जुटेका छन् ।प्रचण्ड निवास खुमलटारमा स्थायी कमिटी सदस्यहरु छलफलमा रहेको एक नेताले जानकारी दिए ।

नेकपा स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ । भोलि बस्ने स्थायी कमिटी बैठकअघि रणनीति बनाउन नेताहरु छलफलमा जुटेको बताइएको छ । प्रचण्ड–नेपाल समूहले केपी शर्मा ओलीलाई प्रधानमन्त्री या पार्टी अध्यक्षमध्ये एक पद छोड्न दबाब दिएका छन् । ओलीले भने अहिले कुनै पनि हालतमा पार्टी र सरकार दुवै नछाड्ने अडान कायमै राख्दै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org