ताजा समाचार

रातो मच्छिन्द्रनाथको रथयात्रा रोक्न प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ तान्‍ने क्रममा प्रहरी र सर्वसाधारणबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।

कोरोना संक्रमण फैलिने भन्दै भिडमा रथ तान्‍न नहुने भन्दै प्रहरी प्रशासनले अवरोध गरेपछि रथ तान्‍न उपस्थितसँग झडप भएको हो ।

कोरोना संक्रमणका कारण विभिन्‍न चाडबाड रोकिए पनि सर्वसाधारणले आज रातो मच्छिन्द्रनाथको रथ तान्‍न सुरु गरेका थिए । तर ललितपुरको पुल्चोकमा रथ तान्‍नका उपस्थित भएका सयौं सर्वसाधारण र प्रहरीबीच झडप भएको हो । प्रहरीले केही सेल अश्रुग्यास प्रहारसँगै पानीका फोहोरा पनि फ्याँकेको छ ।

कोरोना संक्रमण नफैलियोस् भनेर भदौ २४ गतेसम्मका लागि उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) मा निषेधाज्ञा जारी गरिएको छ ।

सर्वसाधारणको भिड नहोस् र संक्रमण नफेलियोस् भनेर तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको छलफलले हिजो (बुधबार) मात्रै भदौ २४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।

उपत्यकामा कोरोना संक्रमण बढिरहेको भन्दै तेस्रोपटक निषेधाज्ञा थप गरिएको हो । यसअघि  भदौ १७ गतेसम्म निषेधाज्ञा जारी राख्‍ने निर्णयको समय हिजो मध्यराति सकिएको हो । यसअघि पहिलोपटक ३ गते र दोस्रोपटक १० गते उपत्यकामा निषेधाज्ञा थपिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org