सिन्धुपाल्चोकमा फेरि विपद् : पहिरोमा पुरिए १८ घर, १२ जना बेपत्ता
काठमाडौं । सिन्धुपाल्चोकमा बाढी पहिरोको फेरि अर्को विपत्ति आइलागेको छ । जिल्लाको बाह्रविसे नगरपालिकाका नागपुजे र भिरखर्कमा घरहरु पहिरोमा पुरिएका छन् ।
प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले क्षतिको एकिन विवरण आइनसकेको बताए । ‘घुम्थाङको नागपुजेमा बढी क्षति पुगेको जानकारी आएको छ । तर कति भन्ने थाहा छैन,’ प्रमुख जिल्ला अधिकारी ढकालले भने । उनले घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पठाइएको जानकारी दिए ।बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाले भने कम्तिमा १२ जना मानिस बेपत्ता भएको बताए ।
गएराति परेको पानीका कारण ठाडो खोलाले वस्तीमा क्षति पुर्याएको हो ।
जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रका अनुसार सिन्धुपाल्चोकका गुमथाङ, बाह्रविसे र आसपासका क्षेत्रमा ६ घण्टायता ठूलो वर्षा भएको थियो ।
बलेफी र जलविरेमा जलसतह सतर्कता तहसम्म पुगेको र यो बढ्दो क्रममा रहेको केन्द्रले जनाएको छ । साथै भोटेकोशी, इन्द्रावती, मेलम्ची र सिन्धुपाल्चोकका अन्य साना नदीमा आकस्मिक बहाव हुन सक्ने र पहिरो जान सक्ने भएकाले आज बिहान १० बजेसम्म सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।
सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटक पटक बाढी र पहिरो आउँदा ठूलो मानवीय क्षति भएको छ । गत साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् ।
Comments
अरु समाचार
-
‘प्रधानमन्त्री छोरी आत्मनिर्भरता’ भन्ने सुनेपछि संसदमा हाँसोको फोहरा
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले झण्डै २ घण्टा लगाएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरे । मंगलबार संसदको दुवै सदनमा...
-
केही पहाडी उच्च स्थानमा हिमपात र केही ठाउँमा वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुका साथै भारतको बिहार आसपास...
-
सर्वोच्च अदालतले वर्ल्डलिंकले हालेका सबै रिट खारेज गरिदियो, २ अर्ब कर तिर्नुपर्ने
काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले सरकारलाई तिर्नुपर्ने अर्बौं कर छल्न गरेको कानूनी प्रयास असफल भएको छ । वर्ल्डलिंकले हालेका ८...
-
देशका विभिन्न भागमा वर्षा, दिनभरी नै हल्कादेखि मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको बिहार आसपास...
-
एक सातासम्म मेघगर्जनसहित पानी पर्ने,चट्याङबाट जोगिन विज्ञको आग्रह
काठमाडौं । अहिले नेपालमा सक्रिय मौसमी प्रणाली आगामी केही दिनसम्म रहने भएकाले यो साताभरि नै देशका विभिन्न भागमा मेघगर्जनसहित पानी...
-
वर्षाका कारण धेरै ठाउँको डढेलो निभ्यो, केही ठाउँकाे भने कायमै
काठमाण्डौ । लामो समयपछि परेको पानीले देशका केही ठाउँमा डढेलो निभाएको छ । हिजो परेको पानीसँगै कोशी, गण्डकी र बाग्मती...
-
सहमतिमा करणी ठहर, तिनै बाबाको निवासमा महिला डेपुटी गभर्नर
काठमाडौं । राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना दुई साताअघि ‘एक पन्थ दो काज’ को शैलीमा सुनसरीको चतराधाम पुगिन्...
-
डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख बरामद, सातजना पक्राउ
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको...
-
मौसमविद् भन्छन्- तत्काल पानी पर्ने सम्भावना छैन
काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने...