ताजा समाचार

पूर्वराज्यमन्त्री खड्का सवार गाडीको ठक्करबाट मृत्यु भएको घटना गुपचुप

आफन्तजन भन्छन: गाडी खड्का आफैले चलाएका थिए, प्रहरी भन्छ :चालकले घटना घटाएको स्वीकारीसके

काठमाडौं । पूर्वमन्त्री दिपक खड्काको नीजि गाडीले ठक्कर दिएर मृत्यु भएको एउटा घटनालाई गुपचुप राख्ने प्रयास भएको छ ।  खड्काको बा ११ च ४१४१ नम्बरको प्राडो गाडीले गत ७ गते त्रिभुवन शिक्षण अस्पताल नजिकै २६ वर्षीय अनुपा कार्की (पाण्डे)लाई ठक्कर दिएको थियो ।

मध्यान्ह साढे १२ बजे सड्क पार गर्ने क्रममा श्रीमान विक्रम कार्कीसँगै रहेकी अनुजालाई मोटरसाइकलले ठक्कर दिएको महानगरीय प्रहरी वृत्त चक्रपथका डिएसपी रोशन खड्काले जानकारी दिए । उनका अनुसार मोटर साइकलको ठक्करबाट लडेकी उनलाई खड्काको गाडीले टाउको, छाती, घाटी र खुट्टामा किचेको थियो । गाडी किचेर भागेपछि त्यहाँ सडकमा रहेका नागरिक र श्रीमानले मिलेर उनलाई नजिकै रहेको शिक्षण अस्पत्तालमा पु¥याएका थिए ।

गम्भिर अवस्थामा अस्पताल पु¥याइएकी उनको त्यसैदिन पौने तीन बजे मृत्यु भएको आफन्त नेत्रबहादुर देउजाले जानकारी दिए । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नं ६ हात्तीगौडामा बस्ने अनुजाको मृत्यु भएको ५ दिनसम्म पनि प्रहरीले न आफ्नो बुलेटिनमा उल्लेख गरेको छ, न त कुनै मिडियाले त्यस बारेमा समाचार लेखेका छन् । डिएसपी खड्काले आफूह? अनुसन्धानकै क्रममा रहेको र पीडितले अहिलेसम्म किटानी जाहेरी दिइसनसकेको जानकारी दिए ।
प्रहरीले त्यसै दिन राति गोल्फुटारबाट गाडी र चालक ३३ वर्षीय जयराज जोशीलाई नियन्त्रणमा लिएको खड्काले बताए । प्रहरी स्रोतका अनुसार गाडी धोएर सफा बनाइएको अवस्थामा राखिएको थियो ।

तर, परिवारजन भने गाडी खड्का आफैले चलाएको बताउँछन । अनुजामाथि गाडी चढाएर भागेका खड्काले नक्कली चालक खडा गरेको आरोप आफन्तजनको छ । डिएसपी खड्काले भने चालक जोशीले आफूले घटना घटाएको स्वीकारेको बताए ।
घटनाको विस्तृत विवरण आफूह?ले महानगरीय प्रहरी परिसरमा बुझाएको र उतैबाट लिन डिएसपी खड्काले आग्रह गरे ।

दोस्रो संविधानसभा निर्वाचनमा संखुवासभा–२ बाट प्रत्यक्ष चुनाव जितेका खड्का खानेपानी राज्यमन्त्री बनेका थिए ।
आफूहरुले आज केही बेरमा महानगरीय प्रहरी वृत्त चत्रपथमा किटानी जाहेरी दिने तयारी गरेको आफन्त देउजाले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org