ताजा समाचार

बाग्मती प्रदेशसभा सांसद सिग्देललाई कोरोना संक्रमण

काठमाडाैँ । बागमती प्रदेश सभा सदस्य मुनु सिग्देललाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

५ असोजमा हेटौँडाबाट काठमाडौं गएपछि रुघाखोकी लागेर लक्षण देखिएपछि पीसीआर गर्दा उनमा कोरोना पुष्टि भएको हो ।

नेकपा मकवानपुरकी अध्यक्षसमेत रहेकी सिग्देल अहिले काठमाडौंमा नै होमआइसोलेसनमा बसेकी छन् । उनले आफूलाई कोरोना पुष्टि भए पनि स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइन् ।

सिग्देल प्रतिनिधिसभा सांसद विरोध खतिवडाकी श्रीमती तथा पूर्वमिस नेपाल शृङ्खला खतिवडाकी आमा हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org