कर्णालीको ‘अविश्वास’ ले बाग्मती र प्रदेश १ मा हलचल
बाग्मती र प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर तयारी अवस्थामा
काठमाडाैँ । कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध उनकै दल नेकपाका सांसदले संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गराएपछि सिंगो पार्टीभित्र हलचल पैदा भएको छ ।
केन्द्रमा मन्त्रिपरिषद् पुनर्गठन, संवैधानिक आयोगहरुमा नियुक्ति, राजदूत सिफारिस लगायत विषयमा भागबन्डाको गृहकार्य चलिरहेका बेला कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएपछि नेकपामा हलचल पैदा भएको हो । अविश्वासको प्रस्तावले नेकपामा थप विवाद बढ्ने संकेत देखिएको छ ।
यसअघि पटकपटक मुख्यमन्त्री शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याउन खोजेका दलका सांसदलाई वरिष्ठ नेता माधव नेपाल लगायतले रोकेका थिए । तर, यसपटक नेपाललगायतलाई थाहै नदिइ उनीहरुले अविश्वासको प्रस्ताव दर्ता गरेको स्रोतको दाबी छ । ‘अहिले भने प्रधानमन्त्री केपी ओलीले प्रदेश सांसद आ–आफ्नो प्रदेशको सरकारलगायत विषयमा आफै निर्णय गर्न सक्षम छन् भनेर प्रदेश ५ का मुख्यमन्त्रीलाई भनेपछि कर्णालीका सांसद प्रदेश सरकारको नेतृत्व फेर्ने तयारी लागेका हुन्,’स्रोतले भन्यो ।
कर्णालीमा देखिएका विवादले पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहालको परीक्षा सुरु भएको छ । कार्यकारी अध्यक्षको जिम्मेवारी लिएपछि विवाद मिलाउने जिम्मा पनि उनकै हो ।
कर्णाली प्रदेशबाट मुख्यमत्री हटाउने खेल वाग्मती र प्रदेश १ सम्म आइपुग्न सक्ने नेकपा उच्च स्रोत बताउँछ । दाहालले अब प्रदेश १ र वाग्मती प्रदेशमा हल्का साथ दिए भने त्यहाँका मुख्यमन्त्रीहरु पनि परिवर्तन हुन सक्छन् । कर्णालीमा मुख्यमन्त्री फरिने अवस्था आए बाग्मती प्रदेशका मुख्यमन्त्रीवरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउन ४५ सांसदको हस्ताक्षर र प्रदशेका ३१ सांसदको हस्ताक्षर तयारी अवस्थामा छ । ‘हामी माथिको ग्रिन सिग्नल कुरेर बसेका छौँ,’ एक सांसदले भने ।
Comments
अरु समाचार
-
व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै
सिमकोट । रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको ताक्लाकोट जान सीमा पास लिने र नवीकरण गर्नेको सङ्ख्या...
-
कोशी, बागमती र गण्डकी प्रदेशको केही पहाडी भूभागमा हल्का वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको...
-
बालविवाह रोक्न निमन्त्रणा ‘कार्ड’ मै बेहुला-बेहुलीको जन्ममिति अनिवार्य
काठमाडाैँ । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका-३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता...
-
उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्का वर्षा र हिमपात
काठमाडौँ । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले ।हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार...
-
केही प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।महाशाखाका...
-
केही पहाडी भूभागमा सामान्य बदली, अन्यमा मौसम सफा
काठमाडौँ ,। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको...
-
भोलिदेखि सुरु हुने दादुरा-रुवेलाविरुद्धको खोप सुरक्षित र प्रभावकारी भएको दाबी
काठमाडौँ । आइतवारदेखि सुरु हुने दादुरा–रुवेलाविरुद्धको खोप प्रभावकारी रहेको बताइएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले खोप सुरक्षित...
-
नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव,आंशिकदेखि साधरणतया बदली
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर मौसममा आंशिकदेखि...
-
दादुरा–रुवेलाविरुद्धको खोप अभियान २५ दिनसम्म सञ्चालन हुने
काठमाडौँ । सरकारले देशभरि दादुरा–रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै यही फागुन १३ गतेदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दैछ...