ताजा समाचार

सरकारमा जानै पर्‍यो भने कांग्रेस बहुमत लिएर जान्छ : प्रवक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्वप्रकाश शर्माले सुतेको कांग्रेसलाई नजिस्क्याउन सरकारलाई चेतावनी दिएका छन् ।

उनले कांग्रेसलाई जिस्क्याउनु भनेको सुतेको बाघलाई जिस्क्याउनुसरह भएको बताए ।

हेटौंडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “सुतेको बाघलाई जिस्क्याउने काम नगर, त्यसैगरी कांग्रेसलाई पनि,” उनले भने, “महामारीका बेला सडकमा किन आउनुपर्‍यो ? हामीलाई पनि चाहना थिएन । सरकारले भनेको मानेर घरघरमै बसेकै थियौँ । सरकारलाई चुपचाप सघाएकै थियौँ । कांग्रेसको तर्फबाट ५० लाख लगेर सरकारलाई दिएकै हौँ । तर सरकार सच्चिएन ।”

उनले कोरोनाकै कारण आफूहरु सडकमा आउनुपरेको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org