ताजा समाचार

नेकपाको काठमाडौंमा बृहत् कार्यकर्ता भेला प्रचण्ड र नेपालले सम्बोधन गर्दै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध संघर्षरत् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

सोहीअनुसार बुधबार दिउँसो नेकपाले नेपाल प्रज्ञा–प्रतिष्ठानामा बृहत् कार्यकर्ता भेलाको आयोजना गरेको छ ।

काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको भेलालाई दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सम्बोधन गर्दै छन् । नेकपाले हिजो गण्डकी प्रदेशमा कार्यकर्ता भेला गरेको थियो ।

यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको सिफारिस गरेपछि प्रचण्ड–नेपाल र ओली समूहले छुट्टाछुट्टै भेला गरिरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org