ताजा समाचार

‘केपी-विद्या मिलेको समयमा मदन भण्डारीको हत्यारा पत्ता लगाएको भए हुन्थ्यो’: हिमाल शर्मा

काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहका नेता हिमाल शर्माले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मिलेको समयमा मदन भण्डारीको हत्यारा पत्ता लगाए हुने भन्दै टिप्पणी गरेका छन् ।

नेकपा काठमाडौं प्रचण्ड-माधव समूहको कार्यकर्ता भेलामा बोल्दै नेता शर्माले अहिले संविधानमै नभएको व्यवस्थाका लागि प्रधानमन्त्री ओलीसँग मिलेर राष्ट्रपति भण्डारीले कदम चालेको आरोप लगाउँदै मदनको हत्यारा पत्ता लगाउन सुझाए ।

प्रधानमन्त्री ओलीले जनता झुक्याउनका लागि मदन भण्डारी र जनताको बहुदलीय जनवादको भजन गाइरहेको भन्दै अहिले शक्तिमा भएको समयमा दुबै मिलेर मदनको हत्यारा पत्ता लगाएको भए सबैले ताली पिट्ने शर्माले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org