ताजा समाचार

ओलीलाई प्रचण्डको व्यंग्य, ‘हाम्रो कार्यकर्ता भेला कमेडीका लागि होइन’

काठमाडाैँ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नाे समूहकाे कार्यकर्ता भेला कमिक शोका लागि नभएको भन्दै प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी ओलीलाई व्यंग्य गरेका छन् ।

काठमाडाैंमा आयोजित कार्यक्रममा उनले भने, ‘हामी कार्यकर्तामाझ कमिक देखाउन, हसाउन, कमेडी शो गर्न उपस्थित भएका छैनौँ । हामी कार्यकर्तालाई उत्तेजित पार्न जुटेका छैनौँ ।’

आफ्नो समूहको भेला राजनीतिक संकट समाधानका लागि भएको उनको दाबी  थियो । ‘राजनीतिक संकट समाधानका लागि जिम्मेवारीबोधका साथ हामी उपस्थित छौँ । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि निर्मम प्रहार हुँदा हामी चुप लागेर बस्न सक्दैनौँ’, उनले भने ।

प्रधानमन्त्री ओलीको कदमले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानका सबै उपलब्धि धरापमा परेकाले त्यसविरुद्ध सशक्त संघर्ष गर्नुपर्ने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org