ताजा समाचार

प्रहरी हिरासतबाट छुटे विप्लव नेता धर्मेन्द्र बाँस्तोला

काठमाडाैँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला रिहा भएका छन्।

उनलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले केही समय अगाडि हिरासत मुक्त गरेको काभ्रेका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बताए।

आगजनी तथा संगठित अपराधको मुद्दामा उनलाई काभ्रे प्रहरीको हिरासतमा राखिएको थियो।

जिल्ला प्रहरी कार्यालयले अनुसन्धान सकेर शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा फाइल बुझाए पनि सरकारसँग भएको सहमति अनुसार सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि उनलाई श्रीमतीको जिम्मामा छाडिएको एसपी खत्रीले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org