ताजा समाचार

होली खेल्दा भौतिक दूरी कायम गरौं, मास्क लगाऔं- प्रजिअ अधिकारी

काठमाडौं । प्रशासनले यस वर्षको फागु पर्व ‘होली’ मनाउँदा स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेको छ ।

भिडभाड नहुनेगरी होली मनाउन आग्रह गर्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मास्क लगाएर टिका मात्रै लगाउन आग्रह गरेका छन् ।

पराजुलीले भने–‘संक्रमणको जोखिमका कारण भिडभाड नगरिदिनुहुन हाम्रो आग्रह छ, त्यसबारे सार्वजनिक सूचना र माइकिङ गरेर पनि हामी सचेत गराउँछौँ ।’  सुरक्षाकर्मी परिचालन गरेर भिडभाड नियन्त्रण गर्ने प्रशासनको तयारी छ । होली खेल्दा भौतिक दुरी कायम गर्नुपर्ने पराजुलीले बताए ।

‘भिडभाड नगरिदिन हामी पूर्व जानकारी गराउँछौँ’ प्रजिअ पराजुलीले भने–‘जबर्जस्ती रंग दल्नेलाई अभद्र व्यवहार मुद्दामा कानुनी कारवाही गर्छौं ।’  चैत १५ मा पहाडी र १६ मा तराईका जिल्लामा होली मनाईदै छ । स्वास्थ्य मन्त्रालयले चैत ८ मा विज्ञप्ति निकालेर कोरोना संक्रमण बढ्ने खतरा औंल्याउँदै सभा, सम्मेलन गर्न रोक लगाएको थियो ।

स्वास्थ्यले खतरा औंल्याएपछि ‘होली खेल्न दिने’ निर्णयबाट प्रशासनपछि हटेको हो । विगतमा काठमाडौंको ठमेल, वसन्तपुर लगायतका क्षेत्रमा ठुलो भिड जम्मा भएर होली खेलिने परम्परा थियो ।  गृहमन्त्रालयले मास्क अनिवार्य गर्न र भिडभाड हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org