ताजा समाचार

एमालेले टुंग्यायो कैलालीका १० स्थानीय तहको उम्मेदवार

धनगढी । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कैलालीका १० स्थानीय तहको उम्मेदवारो टुंगो लगाएको छ ।

एमाले सचिवालय बैठकले धनगढी उपमहानगरपालिकाको मेयर र उपमेयर टुंगो लगाएको भोलिपल्ट आइतबार बसेको प्रदेश कमिटीको बैठकले बाँकी स्थानीय तहको उम्मेदवार टुंगो लगाएको हो । यद्यपी एमालेले चुरे र मोहन्याल गाउँपालिकामा उम्मेदवार चयन गर्न भने बाँकी छ ।

एमाले प्रदेश कमिटीका सचिव धर्मराज पाठकले जिल्ला कमिटीले पठाएको आकांक्षीका सूचीका आधारमा उम्मेदवार चयन गरिएको जानकारी दिए ।

मोहन्याल र चुरे गाउँपालिकाका उम्मेदवार आइतबार नै टुंगो लगाउने तयारी रहेको एमालेले जनाएको छ ।

उनका अनुसार टीकापुर नगरपालिकाको मेयरमा श्याम खत्री र उपमेयरमा अनुपा केसी, लम्कीचुुहा नगरपालिकाको मेयरमा महादेव बजगाईं र उपमेयरमा जुना चौधरी, घोडाघोडी नगरपालिकाको मेयरमा ममताप्रसाद चौधरी र उपमेयरमा करुणा बम बटाला, गौरीगंगा नगरपालिकाको मेयरमा पदम सिंगाल र उपमेयरमा शान्ति सिंह, गोदावरी नगरपालिकाको मेयरमा गोकर्ण भट्ट र उपमेयरमा शारदा रोकाया तथा भजनी नगरपालिकाको मेयरमा हर्क बुुढा र तुलसी चौधरी उम्मेदवार बन्ने भएका छन् ।

जानकी गाउँपालिकाको अध्यक्षमा टेकबहादुर बम र उपाध्यक्ष गीता चौधरी, जोशीपुर गाउँपालिकाको अध्यक्षमा केशरबहादुर डगौरा र उपाध्यक्षमा रमादेवी भुल, कैलारी गाउँपालिकाको अध्यक्षमा झुमा चौधरी र उपाध्यक्षमा जालुुराम चौधरी, तथा बर्दगोरिया गाउँपालिकाको अध्यक्षमा कर्ण कुँवर र इन्दुु चौधरी सर्वसम्मत उम्मेदवार बनेको पाठकले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org