राष्ट्रको अभिभारा पूरा गर्छाैं: ओली
काठमाडाैं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनहरुमा आफ्नो पार्टीले बहुमत हासिल गर्ने दाबी गरेका छन् ।
अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले आसन्न स्थानीय तह र संघीय संसद निर्वाचनमा एमालेलाई जनताको साथ र समर्थन रहने र यसबाट आफूहरुले राष्ट्रको अभिभारा पूरा गर्ने बताए ।
सन्देशमा उनले एमालेले औद्योगिक प्रतिष्ठान र श्रमिकका सरोकारलाई सम्बोधन गरी सुस्थिर औद्योगिक वातावरण र श्रमिकको सुरक्षित तथा सम्मानित जीवनको सुनिश्चित गर्ने काम गरेको उल्लेख गरेका छन् । सन्देशमा उनले नेपालको श्रमिक आन्दोलनले यस दिवसलाई श्रमिकहरूको सम्मानित, सुरक्षित र समृद्ध जीवन प्राप्तिको उपलब्धिका रूपमा मनाउन पाएको जनाएका छन् ।
नयाँ श्रम ऐनमार्फत श्रमजीवी वर्गको सामाजिक सुरक्षा र रोजगारदाताका लागि लचकतायुक्त श्रम बजारको सुनिश्चिता गरी औद्योगिक क्षेत्रमा अनावश्यक हडताल र सङ्घर्ष गर्नु नपर्ने अवस्था सिर्जना गरेको उनले सन्देशमा उल्लेख गरेका छन् ।
‘कोभिड–१९ महामारीका बेला सामाजिक सुरक्षा कोषमा आवद्ध श्रमिकको आयमा कमी नआओस् भनेर प्रत्येक श्रमिकको योगदान बराबरको रकम सरकारले नै कोषमा जम्मा गरिदिने व्यवस्था गर्यो’, उनले भनेका छन्, ‘यसले सम्मानित, सुरक्षित श्रम जीवन, स्वस्थ नागरिक, सीपयुक्त नागरिक, मर्यादित काम र सामाजिक सुरक्षा गर्न सहयोग गर्यो ।’
Comments
अरु समाचार
-
राष्ट्रिय नाटक महोत्सव’मा छवटा नाटक मञ्चन गरिँदै
काठमाडौं । वरिष्ठ नाट्यकर्मी हरिप्रसाद रिमालको १००औँ जन्मजयन्तीका अवसरमा आयोजित राष्ट्रिय नाटक महोत्सवमा छ नाटक मञ्चन गरिने छ । हरिप्रसाद...
-
दुर्लभ कीर्तिमानी कायम गदै पूर्जा, ८ हजार मिटरभन्दा अग्ला १३ हिमाल बिना अक्सिजन आरोहण
काठमाडौं । पर्वतारोहणको क्षेत्रमा एकपछि अर्को दुर्लभ कीर्तिमानी कायम गदै आएका निर्मल पूर्जा ‘निम्स’ (एमबीइ)ले ८ हजार मिटरभन्दा अग्ला संसारका...
-
एमडीएमएस घोटालाका डिजाइनर मल्ल र सेल्सबेरीका प्रधानाङ्गद्वारा अनुसन्धान गर्ने निकायमाथि ‘मिडिया ट्रायल’
(सजिव कालाखेती) काठमाडौं । दूरसञ्चार क्षेत्रको भीओआईपीदेखि एमडीएमएस घोटालासम्म जोडिएका चर्चित र विवादित पात्र हुन् मनिन्द्र मल्ल। कल बाइपास 'भीओआईपी'...
-
सेलवेज क्यास एण्ड क्यारीले करोडौं रुपैयाँ राजस्व छली गरेको खुलासा
काठमाडौं । 'गुणस्तरीय सामान, उचित मूल्य तथा उत्कृष्ट ग्राहक सेवा' लाई आफ्नो मूलमन्त्र बनाएको दाबी गर्दै विगत तीस बर्षदेखि चेन...
-
आफ्नो गल्ती सच्याइदिन तर मनोबल नघटाउन चन्द्रकला सखीको आग्रह
काठमाडौं । पशुपतिमा आयोजित कोटिहोममा श्रीरामकथा वाचन गरिरहेकी चन्द्रकला सखी सामाजिक सञ्जालमा भइरहेको ट्रोललाई लिएर चिन्तित देखिएकी छन् । शुक्रबार ...
-
प्रधानको नाम संसदीय समितिद्वारा अस्वीकृत
काठमाडाैं । निर्वाचन आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्ने निर्णय गरेको छ । निर्वाचन आयुक्तमा सिफारिस भएका...
-
राष्ट्रिय जेष्ठ नागरिकको सभापतिद्वारा पदवहाली
काठमाडौं । राष्ट्रिय जेष्ठ नागरिक कोषको सभापतिमा हालै नियुक्त हुनु भएका सभापति देवी प्रसाद सुवेदी,सदस्य सचिव गोपाल मेहताले आज असार...
-
नेपालकै पहिलो एकीकृत च्याङ्ग्रा पस्मिना फार्म स्थापना
काठमाडौं । व्यावसायिक च्याङ्ग्रा खेतीको विकास गर्न र स्थानीय समुदायलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले माथिल्लो मुस्ताङको लो मान्थाङमा च्याङ्ग्रा...
-
भरतपुर महानगर र चीनको छुङ्गसछिङ्गबीच भगिनी सम्बन्ध
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका र चीनको छुङ्गसछिङ्ग नगरबीच भगिनीसम्बन्ध कायम भएको छ । औद्योगिक सहरका लागि मित्रमिलन कार्यक्रमअन्तर्गत दुवै...