भरतपुर महानगरमा यो नै अन्तिम कार्यकाल होः रेनु दाहाल
चितवन । दोश्रो कार्यकालका लागि चितवनको भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भइसकेपछि रेनु दाहालले यो नै आफ्नो अन्तिम कार्यकाल भएको जनाएकी छन् ।
मंगलबार मतपरिणाम सार्वजनिक भएपछि सञ्चारकर्मीसंग प्रतिक्रिया दिदै रेनुले स्थानीय सरकार प्रमुखको रुपमा यो नै आफ्नो अन्तिम कार्यकाल भएको जनाएकी हुन् ।
‘यो मेरो अन्तिम कार्यकाल हो, स्थानीय तहको नेतृत्वको रुपमा अन्तिम पटकका लागि अवसर पाएको छु, एक सेकेन्ड पनि खेर नफालेर म दिलो ज्यानले आफ्नो क्षमताले भ्याएसम्म काम गर्नेछु’, रेनुले भनिन् ।
यस्तै, निर्वाचनमा जित्नु नै आफ्नो कामको अनुमोदन भएको भन्दै उनले ७ हजारको अन्तरले निर्वाचन जित्ने अनुमान गरेको तर भरतपुरवासीले १२ हजार बढी मतले विजयी गराएको जनाइन् ।
उनले आफ्नो दोस्रो कार्यकाल शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासम केन्द्रित हुने र पहिलो निर्णय महिला र विपन्न लक्षित हुने पनि बताइन् ।
रेनु भारी मतान्तरले विजयी
नेकपा एमालेका विजय सुवेदीलाई १२ हजार बढी मतले पराजित गर्दै गठबन्धनको तर्फबाट रेनु दाहाल भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित भएकी हुन् । उनी १२ हजार ४ सय ४९ मतान्तरले विजयी भएकी हुन् ।
प्राप्त विवरणअनुसार दाहालले ५२ हजार ३० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सुवेदीले ३९ हजार ५ सय ८१ मत ल्याए ।
उमपेयरमा पनि सत्तारूढ गठबन्धनबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भए । अधिकारीले ५२ हजार ८ सय ३ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरूङले ३० हजार ६ सय १२ मत ल्याइन् । हिमलालाई एमालेको समर्थन थियो । मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १४ हजार ७ सय २८ मत आएको छ ।
Comments
अरु समाचार
-
प्रतितोला रु ४०० ले बढ्यो सुनको मूल्य
काठमाडौं ।सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९७ हजार ७०० पुगेको छ । पहेंलो...
-
वायुसेवा निगमले १० वर्षे व्यावसायिक योजना परिमार्जन गर्ने
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले १० वर्षे ९२०२१–२०३०० एकीकृत व्यावसायिक योजना परिमार्जन गर्ने भएको छ...
-
मन्त्रिपरिषद् पुनर्गठन, मेटमणीसहित को को बने मन्त्री ?
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन् ।...
-
वामपन्थी दलहरुबीचको एकताका लागि चीनको सक्रियता, ओली र प्रचण्डसँग कुराकानी
काठमाडौं । नेपालका कम्युनिस्ट शक्तिहरुबीच फेरि एकताका लागि छिमेकी देशहरुको सक्रियता सुरु भएको छ । चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग...
-
पर्यटनमन्त्री र सचिव आफू अनुकुल ल्याउन निजी एयरलाइन्सले ठूलो चलखेल गर्छनः मन्त्री प्रेम आले
काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले ठूला निजी एयरलाइन्सले आफू अनुकुल पर्यटनमन्त्री र सचिव ल्याउन ठूलो...
-
मन्त्रालयबाट बिदा हुँदा झर्यो रामकुमारीको आँशु, दिइन राजीनामा
काठमाडाैं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिएकी छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले पदबाट राजीनामा दिएको...
-
सरकारले घटायो डिजेलमा २९ र पेट्रोलमा २० रुपैयाँ, आज राति १२ बजेदेखि लागू हुने
काठमाडौं । सरकारले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री...
-
पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २५ देखि ३० रुपैयाँ घटाउदै सरकार
काठमाडौँ । इन्धनमा चर्को मूल्य वृद्धिका कारण महंगी बढेपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको छ । शनिबार बिहान...
-
पेट्रोलियम पदार्थको कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन
काठमाडौं । बजार अनुगमन उपसमितिले पेट्रोलियम पदार्थको कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ । संसदको उद्योग तथा वाणिज्य...