ताजा समाचार

संसदीय निर्वाचनबारे गठबन्धन दलहरु जुटे छलफलमा

काठमाडाैं । सत्ता गठबन्धनभित्र संसदीय निर्वाचनबारे आन्तरिक छलफलले प्रवेश पाएको छ ।

स्थानीय तहको निर्वाचनको समिक्षा गर्न भन्दै बसेको ५ दलीय सत्ता गठबन्धनको बैठकमा संसदीय निर्वाचनबारे छलफल भएको हो ।

‘प्रारम्भिक रुपमा गठबन्धनका शीर्ष नेताहरुबीच संसदीय निर्वाचनबारे छलफल भएको छ । स्थानीय तहको निर्वाचनको समिक्षाका साथै गठबन्धनलाई थप बलियो र विश्वासिलो बनाएर लैजाने भन्ने छलफलको निष्कर्ष छ । संसदीय निर्वाचन कात्तिक अन्तमिमा वा मंसिर पहिलो साता गर्ने गरि छलफल भएको छ’, एक नेताले भने ।

२०७४ को सालमा मंसिर १० गते र २१ गते गरी दुई चरणमा निर्वाचन भएको थियो । यद्यपि निर्वाचित सांसदहरुले फागुन २० गते मात्र शपथ ग्रहण गरेकाले त्यही दिनदेखि पाँच वर्षको कार्यकाल गणना हुन्छ ।

यद्यपी गठबन्धनमा सहमति जुटाएर निर्वाचन आयोगसंगको परामर्शमा मन्त्रिपरिषद्ले निर्णय गरेपछि आयोगलाई निर्वाचनको तयारीमा जुट्न निर्देशन दिने गरि छलफल अघि बढेको जनाइएको छ ।

संविधानको धारा ८५ (१) मा अगावै विघटन भएकोमा बाहेक प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुने उल्लेख छ।  उपधारा २ मा भनिएको छ, ‘उपधारा १ मा जुनसुकै कुरा लेखिएको भए तापनि संकटकालीन अवस्थाको घोषणा वा आदेश लागु रहेको अवस्थामा संघीय ऐन बमोजिम प्रतिनिधिसभाको कार्यकालमा नबढ्ने गरी थप गर्न सकिने छ।’

उपधारा ३ मा उपधारा २ बमोजिम थप गरिएको प्रतिनिधिसभाको कार्यकाल संकटकालीन अवस्थाको घोषणा वा आदेश खारेज भएको मितिले ६ महिना पछि स्वतः समाप्त हुने उल्लेख छ।

अहिले संकटकालको अवस्था नभएकाले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षमा पूरा हुनेछ।

प्रतिनिधिसभाको कार्यकाल पूरा हुन ६ महिना बाँकी रहँदासम्म चुनावको मिति घोषणा गर्न संवैधानिक जटिलता हुने संविधानका जानकारहरु बताउँछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org