ताजा समाचार

मूल नेताहरु नै वाम एकताको पक्षमा छैनन्ः नेता खनाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलनका मूल नेताहरु नै वाम एकताको पक्षमा नरहेको टिप्पणी गरेका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सहभागी हुन नयाँ बानेश्वर पुगेका नेता खनालले पत्रकारसंग संक्षिप्त कुराकानीको क्रममा मुलुकमा वामपन्थी एकताको आवश्यकता भएपनि नेताहरु नै एकताको पक्षमा नरहेको टिप्पणी गरेका हुन् ।

‘मुलुकको आवश्यकतालाई हेर्ने हो भने वाम एकता आवश्यक हो । तर वामपन्थी आन्दोलनका आफूलाई मूल भन्ने नेताहरू नै एकताको पक्षमा छैनन् । त्यसकारणले नेताहरूले एकताको आवश्यकता किन हो ? यसको ऐतिहासिकता के हो ? भन्ने कुरा जहिलेसम्म बुझ्दैनन् त्यतिबेलासम्म वामपन्थी एकता सम्भव नै हुँदैन’ नेता कनालले भने ।

यस्तै, उनले बजेट छलफलमा सांसदहरुको उपस्थितिको विषयमा समेत दुख व्यक्त गरे । सांसदहरुले संसदलाई उपेक्षा गरेको भन्दै उनले भने, यसरी संसद्प्रति उपेक्षा गरिनु राम्रो होइन । उपेक्षा गर्दै गयो भने यसले धेरै नराम्रा परिणाम ल्याउन सक्छ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org