ताजा समाचार

नारदमुनि रानाले भने: मेरोविरुद्ध झुठो समाचार संप्रेषण गर्दा आर्थिक छलखेल भएको हुनसक्छ

काठमाडौं । नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य नारदमुनी रानाले आफूमाथि राजनीति षडयन्त्रसहित झुठा समाचार संप्रेषण भएको भन्दै आपत्ति जनाएका छन् ।

रानाको सचिवालयले एक विज्ञप्ति जारी गर्दै कैलाली जिल्ला इन्चार्जले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवार हराउन षडयन्त्र गरेको भन्ने समाचारको खण्डण गरेका हुन् ।

`माननीयज्युको राजनितिक चरित्र हत्या गर्ने, बदनाम गर्ने कुचेष्ठाका साथ “ध.उ.म.न.पा मेयरका उम्मेदवार रण बहादर चन्द हराउन स्वतन्त्र उम्मेदवार सँग सम्झौता गरेको र गोदावरी न.पा. को एमालेका मेयरका उम्मेदवार गोकर्ण भट्टलाइ अन्तर्घात बाट हराउन कार्यकर्ता परिचालन गरेको’ भनी सम्प्रेसित यस समाचारमा कुनै सत्यता नरहेको जानकारी गराउदछौ´, विज्ञप्तिमा भनिएको छ ।

यस्तै, आफ्नाविरुद्धको समाचारमा आर्थिक चलखेल भएको आशंका व्यक्त गर्दै उनले तथ्यहीन समाचारबाट आम जनता भ्रममा नपर्न अपिल समेत गरिएको छ ।

विज्ञप्ति:

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org