ताजा समाचार

नेकपा एसले पठायो मेटमणीसहित ५ जना नयाँ मन्त्रीको नाम

काठमाडाैं । नेकपा एकीकृत समाजवादीले ५ नेतालाई नयाँ मन्त्री बनाउने भएको छ ।

नेका एसले हालका ५ मन्त्रीलाई फिर्ता बोलाएर नयाँ ५ जनालाई पठाउने निर्णय गरेको हो ।

एसको सचिवालय बैठकले ५ जना नेतालाई फिर्ता बोलाएर ५ जनाको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको हो ।

एकीकृत समाजवादीका एक सचिवालय सदस्यका अनुसार जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरीलाई सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्रीमा पठाउने निर्णय भएको हो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई भने मन्त्रीमा बढुवा गरिएको छ । स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई पठाउने निर्णय भएको एकीकृत समाजवादीले जनाएको छ ।

यस्तै, नेकपा एसले स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्री विरोध खतिवडा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आले, शहरी विकासमन्त्री रामकुमारी झाक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org