ताजा समाचार

आइतबारको बिदा खारेज गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए ।

एकजना मन्त्रीका अनुसार असार १ गतेबाट लागु हुने गरी आइतबारको सार्वजनिक बिदा हटाउने निर्णय क्याबिनेटबाट भएको हो ।

यसअघि पेट्रोलियम पदार्थमा रहेको अर्बौं घाटा कम गर्ने भन्दै सरकारले गत जेठ १ गतेदेखि लागु हुने आइतवार पनि सार्वजनिक बिदाको निर्णय लिएको थियो ।

तर सरकारको उक्त निर्णय चौतर्फी विरोध र अवज्ञा सुरु भएको थियो । देशका कयौँ स्थानीय तहले आइतवार बिदा दिने निर्णय अवज्ञा गर्दै विद्यालय लगाउन थालेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org