ताजा समाचार

बन्चरेडाँडामा प्रहरी र स्थानीयबीच झडप, अश्रुग्यास प्रहार

काठमाडाैं । फोहोर विसर्जन विवादमा बञ्चरेडाँडामा स्थानीय र प्रहरीबीच झडप भएको छ ।

बुधबार काठमाडौंबाट फोहोर फाल्न बञ्चरेडाँडामा लग्न दुई सय बढी प्रहरी परिचालन भएका छन् । स्थानीयले फोहोर फाल्न लग्न नदिएपछि प्रहरीले बल प्रयोग गरेको हो ।

अहिले अवस्था तनावपूर्ण भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी उत्तमराज सुवेदीले जानकारी दिए ।

स्थानीयले ढुंगामुढा गरेपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको सुवेदीले न्युज नेपाललाई जानकारी दिए ।

काठमाडौं महानगर, सहरी मन्त्रालय र काठमाडौं, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच सहमति भएपछि फोहोर उठाउन थाले पनि फालने क्रममा स्थानीय बासिन्दाले अवरोध गर्दै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org