ताजा समाचार

प्रदेश र प्रतिनिधिसभा चुनावसम्मै गठबन्धनः माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रदेशसभा र प्रतिनिधिसभा चुनावसम्म गठबन्धन कायम रहने बताएका छन् ।

पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धनलाई भत्काउने प्रयत्नहरु भइरहे पनि आगामी मंसीरमा प्रदेशसभा र प्रतिनिधिसभा चुनाव हुने र गठबन्धन कायम राखेर जाने भएकाले त्यसको पछि नलाग्न पार्टीको सिंगो पंक्तिलाई आह्वान गरे ।

‘अब यो गठबन्धनको भविष्य छैन भन्ने अनेकौं कुप्रचारहरु त्यस्ता कुप्रचारको पछाडि हामी लाग्नु हुँदैन’, नेता नेपालले भने, ‘हामी यो गठबन्धनलाई आउने चुनावसम्म चुनाव पश्चातको अवस्थासम्म लिएर जान चाहन्छौं । यो गठबन्धन कसरी भत्कियोस् । आफ्नो अडानमा दृढताका साथ उभिन्छौं ।’

उनले पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरुको अभिव्यक्तिलाई लिएर आलोचना नगर्न पनि पार्टी पंक्तिलाई सचेत गराए । पार्टीबाट फिर्ता बोलाइएका मन्त्रीहरुले सकेसम्म राम्रो काम गरेकाले उनीहरुलाई दोष लगाउन राम्रो नहुने अध्यक्ष नेपालको भनाई थियो ।

‘अब दोषजति हाम्रो मन्त्रीलाई दिने काम नगरौं । मन्त्रीहरुले पनि सकेसम्म राम्रै काम गर्नु भएको छ । यथोचित मूल्यांकन हामी गरौंला । राम्रो कामको निम्ति धन्यवाद दिनेछौं’, उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org