ताजा समाचार

पार्टीले हटाउनुभन्दा आफै राजीनामा दिन अर्थमन्त्रीलाई प्रचण्डको सुझाव

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लाई पदबाट राजीनामा दिन सुझाएका छन् ।

आफ्नै निवास खुमलटार बोलाएर प्रभाकरलाई पदबाट राजीनमा दिन उपयुक्त हुने भन्दै यस्तो सुझाव दिएको स्रोतले जनाएको छ ।

बजेट निर्माणको क्रममा अर्थमन्तर्री प्रभाकरले अनाधिकृत व्यक्तिहरुलाई प्रवेश गराएर राजस्व ‘सिमित व्यापारी’ पोस्ने गरि तलमाथि गर्न लगाएपछि उनीविरुद्ध आलोचना सुरु भएको थियो ।

सरकारले पेट्रोलियम पदार्थको कमी गर्न भन्दै साताको दुई दिन बिदा दिने तर, अर्थमन्त्रीले सिमित व्यापारीक घरानाको स्वार्थमा विद्युतिय सवारीमाथि ढाड सेकिने गरि राजस्व बढाउनु अमिलदो भएको भ्नदै प्रारम्भीक चरणबाटै उनको आलोचना सुरु भएको थियो । तर, विभिन्न हतकण्डा अपनायर आफ्नो वचाउ गर्दै आएका उनले बजेट निर्माणमै अनाधिकृत व्यक्तिलाई ‘कथित विज्ञ’को रुपमा छिराएपछि भने उनलाई राजीनामा दिन दबाब बढ्न थालेको जनाइन्छ ।

प्रचण्डसंगको छलफलमा आफूबाट केहि गलत भएको हुनसक्ने भन्दै गल्ती स्विकार गरेपनि अनाधिकृत व्यक्तिलाई बजेट निर्माणमा पहुँच दिएकोबारे भने केहि नखुलाएको स्रोतको दाबी छ । तर, यसबारे राष्ट्रिय दैनिकमा खोजमूलक रिपोर्ट नै सार्वजनिक भएपछि भने उनीमाथि थप दबाब सिर्जना भएको छ ।

पार्टीका अधिकांश नेताहरु र प्रधानमन्त्री शेरबहादुर देउवाले समेत मन्त्रीको भूमिकाप्रति चित्त बुझाउन नसकेका कारण उनी आफै फिर्ता हुनु राम्रो हुने प्रचण्डको जिकिर रहेको स्रोतको दाबी छ । पार्टीले फिर्ता बोलाउदा असक्षमको ट्याग लाग्न सक्ने भन्दै संभावना बोकेका नेताहरुले बुद्धि पुर्‍याएर राजीनामा दिनु नै उपयुक्त हुने प्रचण्डले जनाएको जनाइन्छ ।

प्रभाकरले अर्थ मन्त्रालयकै भन्सार विभागबाट नायबसुब्बाबा राजीनामा दिएका रघुनाथ घिमिरेलाई जेठ १४ गते मध्यराति ‘विज्ञ’को रुपमा राखेर आफ्नो पक्षबाट हुने सुधारका काम गर्ने जिम्मेवारी सुम्पिएका थिए । घिमिरे २०७५ फागुन १ गते पदबाट राजीनामा दिएर बाहिरिएका थिए । यस्तै, उनले अर्का एकजनालाई समेत ‘सीए साप’ भन्दै बजेटमा कलम चलाउन खटाएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org