ताजा समाचार

अर्काको श्रीमानलाई आफ्नो भन्दै राज्यमन्त्री वली कुटपीटमै उत्रिएपछि….

दाङ । स्वास्थ्य, जनसंख्या तथा परिवार काल्याण राज्यमन्त्री विमला वलीले प्रेमीको घरमा पुगेर वितण्डा मच्चाएकी छन् ।

आफ्नो श्रीमान दाबी गर्दै राज्यमन्त्री वली योङ कम्युनिष्ट लीग नेपालका कार्यकर्ता एकराज बस्नेतको घरमा पसेर उनकी श्रीमति र छोरीमाथि हातपात गरेकी छन् ।

सरकारी झण्डावाल गाडीमा सयर वली पीएसओसहित बस्नेतको घरमा पुगेकी थिइन् ।

सरासर घरभित्र छिरेपछि मन्त्री वलीले मेरो श्रीमान खोई भन्दै एकराजको श्रीमति र छोरीमाथि कुटपीट गरेकी हुन् ।

घरमा पसेर वितण्डा मच्चाउन थालेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । तर, प्रहरी आउन केहि समय ढिला गरेका कारण स्थानीयले वलीलाई कालो मोसो दल्ने तयारी गरेको जनाइएको छ । प्रहरी केहि समयमात्रै ढिला गरेको भए उनलाई स्थानीयले कालो मोसो दल्ने तयारी तीब्र पारिसकेका थिए ।

राज्यमन्त्री वली र एकराज बस्नेतको सम्बन्धलाई लिएर यसअघि पनि विभिन्न चर्चा हुने गरेका थिए । यसअघि पनि वलीले एकराजलाई चुम्बन गरेको तस्बिर सार्वजनिक भएपछि उनी विवादमा तानिएकी थिइन् ।

एमालेका तर्फबाटदाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित पति उत्तरकुमार वलीको मृत्यु भएपछि विमलाले उपनिर्वाचनमा टिकट पाएर जितिन् । नेकपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित वली अहिले नेकपा माओवादीमा लागेकी छिन् । माओवादी प्रवेशसँगै उनी राज्यमन्त्री छिन् । तत्कालीन मुक्यमन्त्री शंकर पोखरेलले आफ्नो सत्ता जोगाउन राज्य शक्तिको दुरुपयोग गर्दै आफूलाई अपहरण गरेको आरोप समेत लगाएकी थिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org