कोटेश्वरमा माधव नेपाल र मन्त्रीहरुबीच चर्काचर्की, बाहिरिन दुई शर्त
काठमाडाैं । मन्त्रीमण्डल हेरफेर गर्ने स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गराउन सहयोगी भूमिका खेल्न नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गरेको निर्देशनलाई दुई जना मन्त्रीले असहमति जनाएका छन ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीमण्डल हेरफेर गर्न दबाब दिएर शुक्रवार साँझ कोटेश्वरस्थित निवास फर्किएका नेपालले पार्टीका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता हुन गरेको निर्देशनप्रति मुख्यतः पर्यटनमन्त्री प्रेम आले र सहरी विकासमन्त्री रामकुमारी झाक्रीले असहमति प्रकट गरेका हुन् ।
कोटेश्वरस्थित नेपाल निवासमा पुगेका सबै मन्त्रीलाई ‘पार्टीले मन्त्री फेर्ने निर्णय लिईसकेको छ, तपाईहरुले सहयोग गर्नुहोस’ भन्ने प्रस्ताव गरे लगत्तै सहरी विकासमन्त्री झाक्रीले आपत्ति जनाएकी थिइन् ।
‘हामीलाई किन हटाउनु प¥यो, हामीले राम्रै काम गरिरहेका छौँ, फोहोर ब्यवस्थापनको कार्य मेरै पहलमा सम्पन्न भईरहेको छ, अब त्यो कार्य निष्कर्षमा पुग्ने अवस्थामा छ । अन्य काम पनि भईरहेका छन,’ नेपाल समक्ष मन्त्री झाक्रीले आक्रोशित हुँदै भनिन्, ‘राम्रो काम गरिरहेको अवस्थामा पनि हामीलाई हटाउनु हुन्छ भने मेरा लागि अध्यक्ष मरेतुल्य बराबर हुनुभयो ।’
झाँक्रीले कोटेश्वरस्थित निवासमा बाहिर नै सुनिने गरी अध्यक्ष नेपालको प्रस्तावलाई अस्वीकार गर्दै चर्को स्वरमा बोल्न थालेपछि स्थिति असामान्य बनेको थियो ।
कोटेश्वरस्थित निवासमा अध्यक्ष नेपाल र मन्त्री झाक्रीले चर्को स्वरमा असहमति प्रकट गरेपछि स्वास्थ्य मन्त्री बिरोध खतिवडाले ढोका नै लगाएर आवाज बाहिर आउन नदिएका एक प्रत्यक्षदर्शीले बताए ।
उता, दुई जना सांसदसहित गएका पर्यटनमन्त्री आले स्थायी कमिटीको निर्णय सच्चाएर धनबहादुर बुढालाई मन्त्री बनाउनु पर्ने शर्त राखेका थिए । ‘एकजना महिला पनि सिफारिस भएका छैनन्, भुगोलअनुसार मन्त्रीमण्डलमा समावेश गर्नुपर्ने त्यो पनि भएको छैन, यस्तो तरिकाले मन्त्रीमण्डल कसरी हेरफेर गर्नुहुन्छ ?’ आफूहरूलाई हटाउने भए एक जना महिला समावेश गरेर धनबहादुरलाई मन्त्री बनाउन उनले प्रस्ताव गरेका थिए ।
स्थायी कमिटी बैठकले गरेको निर्णय कच्चा भएको र निर्वाचनसम्म बहालवाला मन्त्रीहरुलाई नै निरन्तरता दिनु पर्ने माग राखेपछि अध्यक्ष नेपालले ‘पार्टीले निर्णय गरिसकेको’ भन्दै मन्त्रीहरुको प्रस्ताव अस्विकार गरेका थिए ।
स्वास्थ्य मन्त्री खतिवडा र श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ भने बैठकमा नरम भएर प्रस्तुत भएका थिए । ‘मन्त्रीमण्डल हेरफेर गर्ने निष्कर्षमा पुग्नु नै भएको हो भने दुईवटा बिषय लागू गरिदिनुहोस– पहिलो राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिने समयसम्म कुर्नुहोस, दोस्रो स्थायी कमिटी बैठकको निर्णय सच्याएर मन्त्रीमण्डलमा महिलासहित समावेशी र समानुपातिक प्रतिनिधित्व गराउनुहोस ’, मन्त्रीद्वयले प्रस्ताव गरेका थिए ।
कोटेश्वरमा उपस्थित मन्त्रीहरुले मुख्यतः दुईवटा शर्त राखेपछि अध्यक्ष नेपालले सो बिषयमा बैठकमा छलफल गर्ने जनाएका छन् । ‘तपाईहरुको प्रस्तावका बारेमा म पार्टीमा छलफल गराउँछु, के निष्कर्ष आउँछ, त्यही अनुसार जाउँला । तर, तपाइँहरू सहज तरिकाले ढोका खोलिदिनुहोस’, बैठकमा अध्यक्ष नेपालले भनेका थिए ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार दुईवटा शर्तमा अध्यक्ष नेपालले पुनर्विचार गर्ने जनाएपछि बिहीबार साँझ कोटेश्वरको माहौल नरम हुन पुगेको थियो ।
Comments
अरु समाचार
-
दिल्ली जान लागेका दुई तिब्बतीमूलका सहित तीन यात्रुको साथबाट हजारौं डलर बरामद
काठमाडौं । काठमाडौंबाट नयाँ दिल्लीतर्फ जान लागेका तीन जना यात्रुको साथबाट प्रहरीले हजारौं अमेरिकी र क्यानडेली डलरका साथै भारतीय रुपैयाँ...
-
दिउँसोदेखि मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षा हुने
काठमाडौं । आज दिउँसोदेखि काठमाण्डौ उपत्यकासहित कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा बादली भएर पानी पर्ने सम्भावना रहेको...
-
सरकार र मिटरब्याज पीडितबीच ४ बुँदे सहमति, आन्दोलन स्थगित
काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच चार बुँदे सहमति भएको छ । यो सहमतिसँगै मिटरब्याज पीडितको ४२ दिनदेखि गरिरहेको...
-
पत्रकार एवम् संगठनका अध्यक्ष निरौलामाथि अभद्र व्यवहार गर्नेलाई कारबाही गरियोस् : प्रेस चौतारी संङ्खुवासभा
संङ्खुवासभा । प्रेस चौतारी नेपाल सङ्खुवासभाले आफ्नो संगठनका अध्यक्षमाथि भएको अभद्र व्यवहारको निन्दा तथा भर्त्सना गरेको छ । संखुवासभाको चैनपुर-६...
-
प्रधानसेनापति शर्माद्वारा पाथीभराको दर्शन
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले आज पाथीभराको दर्शन गरेका छन् । बिहान हेलिकप्टरमार्फत पाथीभरा पुगेका शर्माले पाथीभराको दर्शन गरेर फर्किएका...
-
काठमाडौं विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटको आयोजनामा वसन्त चाड मनाइयो
ललितपुर । काठमाडौं विश्वविद्यालय कन्फुसियस इन्स्टिच्युटले वसन्त चाड मनाएको छ । ललितपुर जिल्लाको गोदावरी भिलेज रिर्सोटमा शिक्षक,विद्यार्थी तथा सरोकारवालाको उपस्थितिमा...
-
आजदेखि न्युरोड क्षेत्रमा सवारी पार्किङ निषेध गर्ने महानगरको तयारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आज (मंगलवार)देखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङमा रोक लगाउने भएको छ । महानगरले काठमाडौँ टावरमा...
-
शैक्षिक प्रमाणपत्र लिन त्रिवि धाउनु नपर्ने, अनलाइनबाटै आवेदन दिए पुग्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कुनै पनि शैक्षिक प्रमाणपत्र लिन परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुग्नु नपर्ने भएको छ । पनिकाले यही...
-
पर्वतका प्रहरी प्रमुख खुमलाल भुसाल सम्मानित
कुश्मा । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी प्रमुख (डीएसपी) खुमलाल भुसाल गण्डकी प्रदेश प्रहरी कार्यलयबाट सम्मानित भएका छन् । सहकारी...