ताजा समाचार

आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता नगरे अर्कै नाममा दल दर्ता गर्छाैंः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नामकै कारण निर्वाचन आयोगले दल दर्ता नगरे नाम फेर्ने बताएका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले भने, ‘हामीलाई विश्वास छ निर्वाचन आयोगले मान्यता दिनुपर्छ, दिएन भने अर्को तयारी छ ।’

पत्रकार सम्मेलनमा प्रवक्ता मुकुल ढकालले दल दर्ता ऐन अनुसार आफूहरुको दल दर्ता हुने र नाम परिवर्तन गर्नु परेमा फेरि घोषणा सभा नहुने स्पष्ट पारे ।

निर्वाचन आयोगमा स्वतन्त्र पार्टी नाम दलहरुलाई प्रयोग गर्न दिदा स्वतन्त्र उम्मेदवारी दिनेहरुलाई आम जनताले मतदान गर्न अन्याैल हुने भन्दै जउुरी समेत परिसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org