ताजा समाचार

एमालेमा बीउ रोपिएको छ, केहि समयमा फूल्छ फल्छ हेर्नुहोलाः प्रचण्ड

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एमालेमा बीउ रोपेर आएको र त्यो केहि समयपछि फल्ने र फुल्ने जनाएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले एमालेभित्र रहेका हजाराैं नेता कार्यकर्तालाई एकीकृत गरेर लैजान सकिने भन्दै यस्तो जनाएका हुन् ।

एमाले भित्रका पनि हजारौं नेता–कार्यकर्तालाई एकीकृत गरेर लान सकिने भन्दै उनले भने, ‘मैले तीन वर्ष अनुभव गरेँ- एमालेभित्रका कार्यकर्तालाई पनि समाजवादको यात्रामा डोहोर्‍याउन सकिन्छ। एकीकृत र केन्द्रीकृत गरेर लैजान सकिन्छ,’ उनले भने, ‘त्यहाँ (एमालेभित्र) बीऊ रोपिएको छ हामी माओवादीले। हेर्नुहोला केही समयपछि फूल्छ, फल्छ ।’

विप्लव नेकपाको नेतृत्वबाट अलग भएर आएका नेताहरु ओमप्रकाश पुन लगायत नेताहरुलाई आज उनले पार्टी प्रवेश गराएका छन् । उनले विप्लव, मोहन वैद्य, धर्मेन्द्र बास्तोलालगायत सबैलाई माओवादीमा आउन पनि उनले आग्रह गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org