ताजा समाचार

मन्त्री फिर्ता बोलाउने तयारीमा जसपा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले केन्द्र सरकारबाट मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेको छ ।

अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई अलग हुने स्थितिमा पुगेका बेला जसपाले मन्त्री हेरफेरको पनि तयारी गरेको हो ।

पार्टी विभाजनको संघारमा पुगेको बेला जसपाले मन्त्री फिर्ता बोलाएर नयाँलाई अवसर दिने तयारी थालेको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । ‘मन्त्री फिर्ता बोलाएर नयाँलाई अवसर दिनुपर्छ भन्ने छलफल चलेको छ । तर, कसलाई पठाउने भन्ने एकिन भने भइसकेको छैन्’, यादवले न्युज नेपालसंग भने ।

पार्टी विभाजन गर्ने वा यादवलाई कारबाही गर्ने भन्दै बाबुरामको पक्षमा खुलेका केहि सांसदहरु अहिले यादव पक्षमा खुलेका छन् । उनीहरुलाई मन्त्री बनाउने आश्वासन पछि यादव पक्षमा लागेको आरोप बाबुराम पक्षले लगाउदै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org