ताजा समाचार

अर्थमन्त्री प्रकरणका कारण सूचना टाँसेर संसद् बैठक सारियाे

काठमाडौं । प्रतिनिधिसभाको बैठक सूचना टाँसेर सारिएको छ । बुधबार बिहान ११ बजेका लागि डाकिएको बैठक १ बजेसम्म बस्न नसकेपछि सारिएको हो ।

बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो २ बजे बस्ने गरी सारिएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेट कर हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गरेको आरोपमा मुछिएका अर्थमन्त्री जनार्दन शर्माको कुनै पनि प्रस्टीकरण नसुन्ने भन्दै बैठक अवरुद्ध गरेपछि छलफलका लागि भन्दै समय छुट्याइएको थियो । तर, निर्धारित समयमा कुनै हल ननिस्केपछि बैठक सारिएको हो ।

गत १४ जेठकाे मध्य राति अर्थमन्त्री शर्माले बजेट निमार्णको क्रममा अर्थमन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गरेको विषयमा धारणा राख्न तयारी गरिरहेको बेला एमालेले पनि कुनै पनि प्रस्टीकरण नसुन्ने भन्दै संसद बैठकमा विरोध जनाएको थियो ।

उनका अनुसार अर्थमन्त्री शर्मालाई पदबाट बर्खास्त गर्नुपर्ने तथा संसदीय छानबिनजस्ता भरपर्दो आश्वासन नदिएसम्म एमालेको विरोध जारी राख्ने जनाइसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org