ताजा समाचार

अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय विशेष समिति गठन

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्ने आरोप लागेपछि उनीमाथि छानबिन गर्न ‘संसदीय विशेष छानविन समिति’ गठन भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय विशेष समिति गठन गरेको जानकारी गराएका छन् । सो समितिले बजेटमा करका दर हेरफेर गर्ने सम्बन्धमा अनधिकृत व्यक्ति प्रवेश गरेको विषय छनबिन गरी १० दिनभित्र प्रतिनिधिसभामा पेश गर्नुपर्नेछ ।

संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अर्थमन्त्रालयमा बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्ति प्रवेश गराएको भन्दै विरोध गरेपछि छानविन गर्न समिति गठन भएको हो ।

प्रतिनिधिसभा सदस्यहरु खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुसाल गाैतम, प्रदीप कुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बहादुर बस्नेत, सरलाकुमारी यादव, सिताराम महतो, सुरेन्द्र यादव सदस्य रहेको समिति गठन भएको हो ।

समितिले यी सदस्यबाट नै सभापति समेत चयन गर्न सक्ने सभामुख सापकोटाले जनाएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org