ताजा समाचार

माओवादीले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातको छानबिन गर्ने भएको छ ।

काठमाडौंमा जारी केन्द्रीय समितिको बिहीबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अनुशासन आयोगका अध्यक्ष टंक राईको नेतृत्वमा छानबिन समिति बनाउने प्रस्ताव राखेका हुन् ।

यो समितिले १५ दिनभित्र स्थायी समितिलाई प्रतिवेदन बुझाउने र त्यसका आधारमा कारबाही गर्ने उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org