ताजा समाचार

प्रचण्डले दुई पटक पढे पोलिटब्युरो सदस्यको नाम, फेरि भयो गोलमाल

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)ले १२५ सदस्यीय पोलिटब्युरो बनाएको छ ।

प्रज्ञा भवन कमलादीमा बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा बिहीबार अध्यक्ष प्रचण्ड पोलिटब्युरो १२५ सदस्यीय बन्ने घोषणा गरेका हुन् ।

उनले पोलिटब्युरोमा को-को सदस्य रहने भन्ने नाम दुई पटक वाचन गरेका थिए । पहिलो पटक उनले नाम पढ्दा केहीले आफ्नो नाम छुटेको भनेर हलबाट कुरा उठाएपछि प्रचण्डले अर्को लिस्ट परेछ कि क्या हो भनेर अर्को सूची पढेका थिए ।

प्रचण्डले अर्को सूची पढ्दा पनि पोलिटब्युरो हुनुपर्नेको नाम छुटेको र नहुनु पर्नेको नाम आएको भन्दै कुरा उठेको थियो । त्यसपछि प्रचण्डले तीन वटा सूची बनाइएको र तलमाथि परेको हुन सक्ने भन्दै पोलिटब्युरोमा १२५ सदस्य हुने नाम पछि टुंगो गर्ने बताएका थिए ।

प्रचण्डले ‘संख्या १२५ लाई अनुमोदन गरौं कमरेडहरू’ भने पछि हलबाट ताली बजेको थियो ।

केही केन्द्रीय सदस्यहरूले कुन मापदण्डका आधारमा पोलिटब्युरो सदस्य बनाएको भनेर विरोध गरेका छन् । पोलिटब्युरो सदस्यको नाम गोलमाल भएपछि बैठक १ घन्टाका लागि स्थगित भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org