ताजा समाचार

पदाधिकारीको मोटामोटी प्रस्ताव तयार पारिसकेको छु, म पढ्न सक्छु, प्लिज पढ्न नलगाउनुस्ः प्रचण्ड

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पदाधिकारी चयनमा केहि समय दिन आग्रह गरेका छन् ।

बिहिबार प्रज्ञा प्रतिष्ठान कमलादीमा जारी केन्द्रीय समिति बैठकमा प्रचण्डले पदाधिकारी चयनमा गृहकार्य नपुगेको भन्दै थप केहि दिन दिन आग्रह गरेका हुन् ।

केन्द्रीय समिति, पोलिटब्यूरो र स्थायी कमिटी टुंगो लगाएको भन्दै उनले पदाधिकारीमा पनि ठूलो समस्या नरहेको बताए । तर, सबैको हनुहार उज्यालो पार्ने गरि पदाधिकारी चयन गर्नुपर्ने भन्दै केहि दिन समय माग गरिएको प्रचण्डले जनाए ।

‘महासचिव र उपमहासचिवको मोटामोटी प्रस्ताव तयार पारेको छु । म पढ्न सक्छु, प्लिज पढ्न नलगाउनुस्’, प्रचण्डले भने,  ‘२-४ दिन दिनुस्, सबैलाई खुसी बनाउनु गरी टुंगो लगाउँछु ।’

केन्द्रीय समिति बैठकले माओवादी केन्द्रको १५६ सदस्यीय पोलिट्ब्यूरो र ४१ सदस्यीय स्थायी समिति टुंगो लगाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org