ताजा समाचार

औपचारिक फुटको संघारमा जसपा, भट्टराईले पनि बोलाए बैठक

काठमाडाैं । सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटको अन्तिम चरणमा पुगेको छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराईले छुट्टाछुट्टै केन्द्रीय समितिको विस्तारित बैठक आह्वान गरेपछि पार्टी फुटको संघारमा पुगेको हो ।

यादवले असार २९ र ३० गतेका लागि वीरगञ्जमा र भट्टराईले असार २८ र २९ मा काठमाडाैंमै केन्द्रीय समितिको विस्तारित बैठक बोलाएपछि पार्टी फुट्ने निश्चित देखिएको जसपाका एक नेताले जनाए ।

भट्टराईले समसामयिक राजनीतिक विषयमा प्रतिवेदन पेश गर्ने र पार्टीको आन्तरिक राजनीतिसहित स्थानीय तहको निर्वाचनको समिक्षा गर्ने भन्दै बैठक बोलाएको उनी निकट नेता विश्वदीप पाण्डेले जनाए । उनका अनुसार पदाधिकारीदेखि केन्द्रीय समिति सदस्य सबैलाई सुचना पठाइएको छ ।

तर, ता यादव पक्षले भने भट्टराईले बोलाएको केन्द्रीय समितिको विस्तारित बैठकलाई अनाधिकृत भनेको छ । भने, वीरगञ्जबाहेक अन्य स्थानमा बैठक नबोलाइएको जनाएको छ ।

यस्तै, केहि दिन पहिले दुबै नेताहरु सहमतिको आधारमा पार्टीमा अलग्गिन सहमत बनेको जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org