ताजा समाचार

गठबन्धनको बैठक लगत्तै प्रधानमन्त्रीले डाके आकस्मिक मन्त्रिपरिषद् बैठक

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुको छलफलपछि प्रधानमन्त्री देउवाले आकस्मिक मन्त्रिपरिषद् बैठक डाकेका हुन् ।

‘प्रधानमन्त्री ज्युले आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक डाक्नु भएको छ । एजेण्डाबारे जानकारी भने पाएको छैन’, एक मन्त्रीले भने ।

आजै बिहानदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org