ताजा समाचार

एआईजी विश्वराजको रिट सर्वोच्च अदालतद्वारा खारेज

काठमाडौं । प्रहरी महानिरिक्षक विवादसम्बन्धि एआईजी विश्वराज पोखरेलको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

प्रहरी महानिरीक्षकमा धिराजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध एआईजी विश्वराज पोखरेलले हालेको रिट कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासले खारेज गरिदिएको हो ।

सर्वोच्चले सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारको निर्णय कानुनसम्मत भएको ठहर गरेको हो ।

आईजीपीमा सिंहको नियुक्ति भएपछि उनी आफ्नो ड्युटीमा पनि गएका थिएनन् । उनी साउन २० गतेदेखि अनिवार्य अवकाशमा जाँदैछन् । यो आदेशसँगै एआईजी पोखरेलसामु प्रहरी प्रधान कार्यालयमा हाजिर हुने वा राजीनामा दिने मात्र विकल्प छ ।

पोखरेल डिआईजीबाट एआईजी हुँदा उनको नियुक्तिलाई अदालतमा चुनौती दिएका घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीको रिट पनि खारेज गरिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org