ताजा समाचार

नेचिप्सको अध्यक्षमा राजेन्द्र गौतम चयन

काठमाडौं । नेपाल चीन हिमालयन मैत्री समाज (नेचिप्स नेपाल)को अध्यक्षमा राजेन्द्र गौतम चयन भएका छन् ।

प्रतिनिधिसभा सदस्य समेत रहेका नेकपा एमालेका नेता गौतमको अध्यक्षतामा गठन भएको समितिमा गजेश ठगुन्ना उपाध्यक्ष, महासचिवमा रिजन पोखरेल, डा. कल्यान रोका, कालिका पाठक सचिव र संघर्ष विष्ट कोषाध्यक्ष चयन भएका हुन् ।

काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रमबाट पदाधिकारी सित २५ सदस्यीय समिति गठन भएको अध्यक्ष गौतमले जनाए ।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीसंगै नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, जनता समजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी वक्ताको रुपमा उपस्थित भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org