ताजा समाचार

एआईजी विश्वराज पोखरेलले दिए राजीनामा

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् ।

उनले सोमबार नेपाल प्रहरीको मानव स्रोत विभागमा आफैं उपस्थित भएर राजीनामा दिएका प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ । पोखरेलको राजीनामा स्वीकृत हुन बाँकी छ ।

धिराजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध पोखरेलले सर्वोच्च अदालत पुगेका पोखरेलको विपक्षमा फैसला आएपछि उनले पदबाट राजीनामा दिएका हुन् ।

पोखरेलले एआइजी पूजा सिंह मार्फत महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंह समक्ष राजीनामा पत्र बुझाएर बाहिरिएका हुन् । पोखरेलको राजीनामा महानिरीक्षक सिंहले गृह मन्त्रालयमा पेस गर्नुपर्ने छ । राजीनामा पत्र मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै लागू हुने छ ।

सरकारले सिंहलाई आईजीपी बनाएलगत्तै पोखरेल विदामा बसेका थिए । तत्कालीन महानिरीक्षक शैलेश थापा क्षेत्रीले उनको एक महिने विदा स्वीकृत गरेका थिए । तर, फेरि बिदा माग गरेका उनलाई सिंहले बिदा अस्विकृत गरिदिएका थिए ।

त्यसपछि निरन्त्र कार्यालयमा अनुपस्थित हुँदै आएका पोखरेलले कारबाहीको डरले पदबाट राजीनामा दिएका हुन् । लगातार ४५ दिन कार्यालमा अनुपस्थित भए कारबाही हुने व्यवस्था छ । उमेरहदका कारण प्रहरीमा सेवाअवधि उनको यहि साउन २० गतेसम्म मात्र छ । आईजीपी सिंह र एआईजी पोखरेल २०४९ चैतमा एकै दिन प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृत हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org