ताजा समाचार

जबराविरुद्धको महाअभियोग प्रस्ताव समितिमा पठाइयो

काठमाडौं । प्रतिनिधिसभाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगको प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ ।

आइतबार बसेको प्रतिनिधिसभा बैठकले जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको हो । सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोग प्रस्ताव समितिमा पठाउने राखेको प्रस्तावलाई बैठकले बहुमतले स्वीकृत गरेको हो ।

गत २२ फागुनमा प्रतिनिधिसभा बैठकले जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छानबिन गर्न ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको थियो । समितिमा सो प्रस्तावलाई पठाउने प्रस्तावलाई आइतबारकाे प्रतिनिधिसभाले बहुमतले स्वीकृत गरेको हो ।

गत फागुनमा संसदले एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनता समाजवादीका सांसदलाई समेटेर महाअभियोग सिफारिस समिति गठन गरेको थियो ।

समितिमा एमालेबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाङ्फे, कृष्णभक्त पोखरेल, कांग्रेसबाट मीनबहादुर विश्वकर्मा, रामबहादुर विष्ट, माओवादी केन्द्रबाट यशाेदा सुवेदी, रेखा शर्मा, एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोसपाबाट एकवाल मियाँ र जसपाबाट प्रमोद साह छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org