ताजा समाचार

नर्भिकले भन्योः तत्काल भवन भत्काउन सकिदैन

काठमाडाैं । थापाथलिस्थित नर्भिक अस्पतालले नेपाल सरकारसँग सम्झौता गरेर जग्गा लिएको भन्दै अहिले तत्काल अस्पतालको भवन भत्काउन नसक्ने जनाएको छ ।

मंगलबार एक पत्रकार सम्मेलन जारी गर्दै नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्रले आफूहरुले २९ वर्षअघि सरकारसँग सम्झौता गरेर जग्गा भाडामा लिएको दाबी गरे ।

‘आजसम्म कुनै कम्प्लेन छैन् । एकाएक आजभन्दा ८/१० दिनअघि बागमती प्रदेशको पर्यटनमन्त्री आएर हटाउनपर्छ भन्नुभएछ,’ मिश्रले भने, ‘त्यसपछि मैले कन्ट्याक्ट गर्दा उहाँ आउनुभएन् ।’

२०६५ जेठ १ गतेदेखि आगामी २७ वर्षसम्मको लागि नेपाल सरकार र नर्भिक अस्पतालबीच सम्झौता भइ उक्त स्थानमा अक्सिजन प्लान्ट, विद्युत वितरण प्यानल, खानेपानी र डायलासिस सप्लाईजस्ता बिरामीको उपचारमा अनि आवश्यक उपकरण राखी बिरामीको सेवा भइरहेको हुँदा २४ घण्टाभित्र खाली गर्न नसकिने उनले जानकारी गराएका छन् ।

यसअघि काठमाडौं महानगरपालिकाले २४ घण्टाभित्र उक्त टहरा हटाउन निर्देशन दिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org