ताजा समाचार

प्रचण्डलाई बाबुरामको प्रस्तावः मोर्चा बनाएर एउटै चिन्हमा निर्वाचन लडाैं

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट नयाँ पार्टी नेपाल समाजवादी पार्टी (नेसपा) गठन गरेका डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई मोर्चा बनाएर एउटै निर्वाचन चिन्हमा चुनावमा जान प्रस्ताव गरेका छन् ।

बाबुरामले प्रचण्ड र नारायणकाजी श्रेष्ठसंगको भेटमा यस्तो प्रस्ताव गरेका हुन् । केहि समय पहिलेदेखि प्रचण्ड बाबुराम गोप्य छलफलमा सहभागी हुँदै आएका छन् । दुबै नेताहरु मिलेर वाम समाजवादी मोर्चा बनाउन लगभग सहमत भएको जनाइएको छ ।

बाबुरामको प्रस्तावमा प्रचण्ड र नारायणकाजीले सल्लाह गराैंला भन्दै जवाफ फर्काएको जनाइएको छ । यस्तै बाबुरामले हालै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेर गठबन्धनमा सहभागी गराउन आग्रह गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org