ताजा समाचार

वाइसीएल पदाधिकारी र केन्द्रीय सदस्यले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) ले ६१ सदस्यीय पदाधिकारीसहित ३५१ सदस्यीय केन्द्रीय समिति बनाएको छ ।

यहि भदाै ३ देखि ५ गतेसम्म दोस्रो राष्ट्रिय भेलाबाट चयन भएका पदाधिकारी र केन्द्रीय सदस्यहरुले मंगलबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।

वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटाले उनीहरुलाई सपथ गराएका हुन् । वाईसीएलको विधानमा ३५ पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था भए पनि आकांक्षी धेरै भएपछि विधान नै संशोधन गरेर पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थपिएको हो ।

अब वाईसीएलमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, ६ जना उपमहासचिव, ४५ सचिव र कोषाध्यक्ष हुनेछन् । वाईसीएल इन्चार्ज सापकोटाले आकांक्षीलाई व्यवस्थापन गर्दा पदाधिकारी बढेको बताए । ‘सकेसम्म पदाधिकारी टिम सानै बनाउने भन्ने थियो तर चुनाव पनि आएकाले आकांक्षी सबैलाई समेटियो’, उनले भने ।

वाइसीएलको अध्यक्षमा सुवोधरा सेर्पाली चयन भएका छन भने महासचिवमा गणेश शाही चयन भएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org