ताजा समाचार

चुनावको मुखैमा चीनबाट उच्चस्तरिय भ्रमण हुँदै

काठमाडाैं । निर्वाचनको संघारमा चिनिँया कम्युनिष्ट पार्टीका उच्च तहका नेता नेपाल भ्रमणमा आउने भएका हुन् ।

चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु तीन दिने नेपाल भ्रमणका निम्ति आउन लागेको स्रोतले जनाएको छ ।

प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको चहलपह बढेका बेला लीको नेपाल भ्रमणलाई अत्यन्तै महत्वका साथ हेरिएको छ । चीनले नेपालमा कम्युनिष्ट पार्टीका नेताहरुलाई एकताका जोड दिदै आएको छ । तर, अहिले दुई ठूला कम्युनिष्ट पार्टी परस्पर विरोधि कित्तामा रहेर निर्वाचन परिणाम नै उथलपुथल हुने गरेर निर्वाचनको तयारीमा जुटेका बेला ली नेपाल भ्रमणमा निस्किनु महत्वको विषय भएको ठानिएको छ ।

परराष्ट्र मन्त्रालय र संघीय संसद सचिवालयको स्रोत अनुसार सीले भदौ २७ देखि २९ सम्म तीन दिनेसम्म नेपालको भ्रमण गर्न लागेका हुन् । उनी प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको निमन्त्रणामा नेपाल आउन लागेका हुन् । सापकोटाले गत चैत २५ मा भएको भिडियो संवादका दौरान लीलाई नेपाल भ्रमणको नियन्त्रणा दिएका थिए । केही दिनमा उक्त भ्रमणको विषयमा औपचारिक घोषणा गर्ने तयारी भइरहेको स्रोतले बतायो ।

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का वरिष्ठ नेतामा पर्छन्, ली । चीनको संविधान अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङपछि ली दोस्रो वरियताका नेता हुन् । तर सीपीसी पार्टीको विधान अनुसार राष्ट्रपति सी, त्यसपछि प्रधानमन्त्री ली खछ्याङ र त्यसपछि तेस्रो वरियतामा ली पर्छन् । चिनियाँ राष्ट्रपति सीपछि नेपाल भ्रमण गर्ने ली अर्को उच्च तहका नेता हुन् ।

सीले २३ वर्षपछि नेपालमा २०७६ साल असोज २५ र २७ मा उच्च तहमा राजकीय भ्रमण गरेका थिए । यस्तै, लीले नेपालमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, दलका शीर्ष नेता लगायतला भेट्ने कार्यक्रम रहेको स्रोतको दाबी छ ।

चीनबाट पछिल्लो समय पटक–पटक नेपालको भ्रमण भइरहेको छ । गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गरेका थिए भने त्यसपछि चिनियाँ विदेश विभागका प्रमुख लिउ जियानचाओले नेपालको भ्रमण गरेका थिए । अघिल्लो महिना नेपालको तर्फबाट परराष्ट्रमन्त्री नारायण खड्काले पनि चीनको भ्रमण गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org