ताजा समाचार

प्रदेश १ का मुख्यमन्त्री राईलाई मातृशोक

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक परेको छ ।

एकीकृत समाजवादीका सचिवसमेत रहेका राईकी आमा धनकुमारी राईको सोमबार बिहान निधन भएको हो । उनी ८४ वर्षकी थिइन् ।

श्वासप्रश्वासमा समस्या भएपछि धनकुमारीको विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन कक्षमा उपचारका क्रममा उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको मुख्यमन्त्री राईको सचिवालयले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org