ताजा समाचार

गठबन्धन बैठक बालुवाटारमा सुरु, सहभागी भएन जसपा

काठमाडाैं । निर्वाचन क्षेत्र बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक सुरू भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा जनता समाजवादी पार्टी (जसपा) सहभागी भएको छैन् ।

जसपा अध्यक्ष उपेन्द्र यादव बिहीबारको बैठकमा पनि केही समय मात्र सहभागी भएका थिए। यादवले दोश्रो तहका नेतालाई बैठकमा छोडेर एमाले नेताहरूसँग छलफल गरेका थिए ।

यादव बालुवाटारबाट बाहिरिएपछि बिहीबारको बैठकले कुनै निष्कर्ष निकालेको थिएन ।

एमाले नेताहरू र जसपा नेताहरूको शुक्रबार बिहानसम्म बैठक भएको भए पनि औपचारिक सहमति हुन सकेको छैन ।

एमाले नेताहरूसँगको बैठकमा सहभागी जसपा कार्यकारिणी सदस्य रामसहाय प्रसाद यादवले सत्ता गठबन्धनले गर्ने प्रस्तावका आधारमा आफूहरूले निर्णय गर्ने बताए ।

‘हामी आजको बैठकमा बालुवाटार जान्छौं। सत्ता गठबन्धनले कस्तो प्रस्ताव गर्छ भन्ने हो। हामी तालमेलका लागि सबैसँग खुला छौं,’ उनले सेतोपाटीसँग भने, ‘एमालेसँग पनि हामी सहमतिको नजिक छौं। तर हाम्रो प्राथमिकता सत्ता गठबन्धन हो।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org