ताजा समाचार

नेकपा एसको घोषणापत्र: घरघरमा बिजुली-जनजनमा सेयर, २०० युनिटसम्म विद्युतमा महसुलमा छुट

काठमाडाैं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सोमबार एकीकृत समाजवादीले घोषणापत्र सार्वजनिक गरेको हो । उक्त घोषणापत्रमा घरघरमा बिजुली–जनजनमा सेयर’ नीति लागु गर्ने घोषणा गरेको छ ।

साथै तीनै तहको सरकारको सहकार्यमा हरेक घर–परिवारलाई मासिकरूपमा २०० युनिटसम्म विद्युत् महसुलमा छुट दिने तथा गरिबीको रेखामुनि रहेका परिवारलाई विद्युत् लाइन जडान र विजुली उपभोगमा सहुलियत दिन पहल गर्ने पनि सो पार्टीले घोषणापत्रमा समेटेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org