ताजा समाचार

सहिद स्मारक ए डिभिजन लिग : आज दुई खेल हुँदै

काठमाडौ । सहिद स्मारक ए डिभिजन लिगमा आज बिहीवार दुई खेल हुने भएको छ । जारी लिगको १३ औँ चरण अन्तर्गत आज दुई खेलहरु हुन लागेका हुन् ।

एन्फा कम्प्लेक्समा फ्रेन्ड्स क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । जुन खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । यसैगरी, त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल पुलिस क्लब र एफसी खुमलटार बिच प्रतिस्पर्धा हुनेछ । सो खेल साँझ ६ बजेबाट सुरु हुनेछ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org