महिला टी–ट्वान्टी सिरिजः नेपाल मलेसियासित पराजित, तर फाइनलमा भने पुग्न सफल
काठमाडौं . समूह चरणको आजको खेलमा खेलमा मलेसियासित पराजित भए पनि नेपाल फाइनलमा पुग्न सफल भएको छ। चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको फाइनलमा अब नेपाल र हङकङ भिड्ने भएका छन्। फाइनल खेल शनिबार हुने छ। समूह चरणका खेल सकिँदा नेपाल, हङकङ र मलेसियाको समान चार-चार अङ्क भए पनि नेपाल र हङकङ रनरेटका आधारमा फाइनलमा प्रवेश गरेका हुन्। तीनै टोली समूह चरणका दुई दुई खेलमा विजयी भएका थिए।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस हारेपछि आज पहिला ब्याटिङ गरेको हो। मलेसियाविरुद्धको खेलमा नेपालले जितका लागि ८४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। वर्षाका कारण १८ ओभरमा सीमित गरिएको खेलमा नेपालले सात विकेटको क्षतिमा ८३ रन बनायो। मलेसियाले ८४ रनको विजय लक्ष्य १६ दशमलव दुई ओभरमा चार विकेटको क्षतिमा पूरा गर्यो। मलेसियाका लागि अइना हसिमले अविजित ३७ तथा इजाती इम्माइलले २१ रन बनाइन्। बलिङतर्फ नेपालका लागि पूजा महतो, रुबिना क्षेत्री बेलबासे र सीता राना मगरले एक एक विकेट लिइन्।
यसअघि नेपालका लागि ब्याटिङ गर्दै कप्तान रुबिना क्षेत्री बेलबासेले २३, इन्दु बर्माले २० तथा काजल श्रेष्ठले १८ रनको योगदान दिइन्। अरु खेलाडीले सम्झिनलायक ब्याटिङ गर्न सकेनन्।
नेपालले समूह चरणको पहिलो खेलमा हङकङलाई ६ विकेटले तथा दोस्रो खेलमा कुवेतलाई ३४ रनले पराजित गरेको थियो। यस्तै मलेसिया पहिलो खेलमा हङकङसित १० विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियाले कुवेतलाई आठ विकेटले पराजित गरेको थियो।
आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेतले महिला टी–ट्वान्टी सिरिज खेलिरहेका छन्। यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेलिरहेको छ।
Comments
अरु समाचार
-
आगामी चैत २२ देखि उदयदेव प्रिमियर लिग हुँदै
काठमाडौं । दोस्रो संस्करणको उदयदेव प्रिमियर लिग आगामी चैत २२ गतेदेखि सञ्चालन हुने भएको छ । पाटन भ्याली क्रिकेट क्लबले...
-
प्रधानमन्त्री कपको तयारी पूरा, आजदेखि तीन मैदानमा खेल सुरु
काठमाडौं । लुम्बिनी प्रदेशका तीन क्रिकेट मैदानमा आजदेखि प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ। प्रतियोगिताका सबै तयारी...
-
संवैधानिक दायराभित्र रहन पूर्वराजालाई दलहरूको आग्रह
काठमाण्डाै ।पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न कार्यक्रममा सहभागी भइरहँदा र राजावादीहरूले सक्रियता बढाउँदै गर्दा मुख्य दलहरू सशङ्कित भएका छन् । सत्तारूढ...
-
संखुवासभामा राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता हुने
काठमाडौं । संखुवासभा जिल्लाको मादी नगरपालिकामा चौथो मादी राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ। मादी नगपालिकाको आयोजनामा फागुन...
-
चार देशीय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियासँग खेल्ने
काठमाडौं । युगान्डामा सञ्चालन हुने चार देशीय महिला टी–२० शृङ्खलाअन्तर्गत आफनो पहिलो खेलमा नेपाली महिला क्रिकेट टोलीले नामिबियासँग खेल्ने भएको...
-
अष्ट्रेलियालाई हराउँदै भारत च्याम्पियन्स ट्रफीको फाइनल प्रवेश
काठमाडौं । आइसिसी च्याम्पियन्स ट्रफी–२०२५ मा भारत उपाधि नजिक पुगेको छ। मंगलबार दुबईमा भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले पराजित...
-
केपी ओली कप फुटबलको उपाधि मच्छिन्द्र एफसीले जित्यो
काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र एफसीले जितेको छ । दशरथ रंगशालामा भएको फाइनल खेलमा त्रिभुवन आर्मी...
-
केपी ओली कप: उपाधिका लागि आज मच्छिन्द्र र त्रिभुवन आर्मीको भिडन्त
काठमाण्डौ । तेस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब खेल्दैछन्...
-
आइसीसी च्याम्पियन्स ट्रफीको समूह विजेता बन्यो भारत
काठमाण्डौ । आइसीसी च्याम्पियन्स ट्रफीमा न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत समूह विजेता बनेको छ । भारतले अब सेमिफाइनलमा अष्ट्रेलियासँग र...